जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो
काठमाडाैं | पुस १७, २०८०
काठमाडौं: मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३:३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ । प्रधानमन्त्री किशिदा फुमियोले मङ्गलबार पत्रकार सम्मेलनमा सो अपडेट गराउनुभएको हो ।
“प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ । हामी मार्गहरू सुरक्षित गर्ने तरिका बारे सोचिरहेका छौँ र तीमध्ये जहाजहरू प्रयोग गर्नु एउटा विकल्प हुन सक्छ,” एनएचकेले प्रधानमन्त्रीलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।
सोमबारदेखि जापानमा कम्तीमा एक सय ५५ वटा भूकम्पका धक्का अनुमान गरिएको छ ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

